3rd December | 2020 | Thursday | 12:16:42 PM

सामान्य / मौसमी फ्लु र कोरोना संक्रमणबीचका फरक लक्षण

डा. रवीन्द्र पाण्डे   POSTED ON : आश्विन २४, २०७७ (१०:३३ PM)

सामान्य / मौसमी फ्लु र कोरोना संक्रमणबीचका फरक लक्षण

काठमाडौ । अहिले मौसम परिवर्तनको समय हो | यो समयमा प्रत्येक बर्ष रुघाखोकी लागिरहेको थियो | कोरोना संक्रमण समुदायमा फैलिएको बर्तमान अवस्थामा रुघाखोकी लाग्दा पनि कोरोना संक्रमण भयो कि भनेर त्रसित हुनेको संख्या धेरै छ |

मुख्यत यी कुराबाट छुट्टाउन सकिन्छ मौसमी रुघाखोकी र कोरोना संक्रमण के भएको भन्ने ।

मौसमी रुघाखोकीका लक्षण 

- नाकबाट पानी आउने 

- नाक बन्द हुने 

- हाच्छ्युं आउने 

- शरीर दुख्ने 

- हल्का ज्वरो आउने 

- टाउको दुख्ने 

- शरीर दुख्ने 

- सामान्य उपचार तथा आरामले फाइदा गर्ने 

- छोंटो समयमा निको हुने 

- अस्पताल भर्ना हुनुपर्ने अवस्था प्रायः नआउने 

कोरोना संक्रमणका लक्षण 

- उच्च ज्वरो आउने 

- सुख्खा खोकी लाग्ने 

- एकदम थकाइ लाग्ने 

- सास फेर्न गाह्रो हुने 

- स्वाद वा / र गन्ध थाहा नहुने 

- घांटी खसखस गर्ने / बोलि परिवर्तन हुने 

- खाना नरुच्ने 

- निको हुन १० दिन लाग्न सक्ने 

- अक्सिजन / आइसीयुको उपचार आबश्यक पर्न सक्ने 

यी दुवै रोग एक व्यक्तिबाट अर्कोमा सर्ने भएको हुँदा छुट्टै कोठामा बस्ने, आफुले प्रयोग गरेका सामान अरुलाई प्रयोग गर्न नदिने | तापक्रम, अक्सिजन हेरिरहने | आवश्यक परे पिसिआर टेस्ट गर्ने | चिकित्सकको सल्लाह बमोजिम उपचार गर्नु पर्दछ ।


Views: 329