3rd December | 2020 | Thursday | 1:05:46 PM

पछिल्लो २४ घण्टामा २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि

  POSTED ON : आश्विन २५, २०७७ (४:३० PM)

पछिल्लो २४ घण्टामा २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा कोरोना भाइरसका दुइ हजार ७१ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएसँगै  एक लाख सातहजार ७५५ जना पुगेको छ । 

हाल ३३ हजार ३१५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । सोही संख्यामा होमसहित संस्थागत आइसोलेसनमा बसेका छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक  हजार ५५२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ७५ हजार ८०४  सङ्क्रमित निको भएर घर फर्केका छन् । 

Views: 97