3rd December | 2020 | Thursday | 12:26:20 PM

उपत्यकामा थप १४१६ सहित देशभर २०७१ जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टाइम्स   POSTED ON : आश्विन २५, २०७७ (४:३५ PM)

उपत्यकामा थप १४१६ सहित देशभर २०७१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १२ हजार ४ सय २७ जनाको पिसिआर परीक्षण गर्दा २०७१ जनालाई संक्रमण देखिएको जानकारी दिनु भयो ।

देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ पुगेको मन्त्रालयले जनाएको छ।

त्यसैगरी  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४१६ जना कोरोना संक्रमित थपिएका छन्। 

जसअनुसार काठमाडौंमा १ हजार ७१, ललितपुरमा १ सय ६१ र भक्तपुरमा १ सय १० जनालाई कोरोना संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । 

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यो सँगै नेपालमा ७५ हजार ८ सय ४  जना संक्रमित  उपचारपछि निको भएका छन्। 

पछिल्लो २४ घण्टामा २४ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । एक दिनमो यस संख्यामा मृत्यु भएको सबैभन्दा बढी हो । योसँगै नेपालमा कोभिड १९ को कारणले मृत्यु हुनेको संख्या ५३६ पुगेको छ ।


Views: 84