3rd December | 2020 | Thursday | 12:29:07 PM

पैसा, मोबाइलको स्क्रीनमा कोरोना भाइरस २८ दिनसम्म जीवित रहने

हिमालय टाइम्स   POSTED ON : आश्विन २६, २०७७ (२:३७ PM)

पैसा, मोबाइलको स्क्रीनमा कोरोना भाइरस २८ दिनसम्म जीवित रहने

एजेन्सी । अनुसन्धानकर्ताले  पैसा, मोवाईलको स्क्रीन तथा स्टिल जस्ता बस्तुमा २८ दिनसम्म कोभिड १९ संक्रमण गराउने कोरोना भाइरस जीवित रहन सक्ने बताएका छन्।

अस्ट्रेलियाको नेशनल साइन्स एजेन्सीका अनुसार SARS-Cov-2 भाइरस केही बस्तुको सतहमा धेरै दिन बाँच्ने गरेको छ ।

यो शोध अध्यारो र स्थिर तापक्रममा गरिएको थियो। तर अहिले अल्ट्रावायलेट लाइटको प्रयोगबाट भाइरस नष्ट हुनेसमेत बताइएको छ।

अनुसन्धानमा बढी तापक्रममा भाइरस थोरै समय बाँच्ने पनि देखाएको छ । ४० डिग्रीको तापक्रममा केही सतहमा २४ घण्टापश्चात् भाइरस निस्क्रिय भएको पाइएको उक्त अनुसन्धानले पुष्टि गरेको छ ।

तर, सतह तथा कुनै छिद्र नभएका सतह मा भाइरस लामो समय रहेको उल्लेख छ । 

तर केही जानकारहरु सतहमा रहने भाइरस मानिसलाई कति खतरा छ भन्ने विषयमा शंका रहेको बताउँछन्। ।

कोरोना भाइरस मानिसको खोकी, हाच्छ्युँ र बोलिचालिमा निस्कने थुकका कारण धेरै सर्ने गर्छ।


 

Views: 95