पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जनामा कोरोना पुष्टि

हिमालय टाइम्स   POSTED ON : आश्विन २६, २०७७ (४:३१ PM)

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७  जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७  जना कोरोना संक्रमित पुष्टि भएका छन्।

 योसँगै संक्रमितको कूल संख्या १ लाख ११ हजार ८०२ पुगेको छ। 

आज देशभर ३३ हजार ८८० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा एक हजार ४७३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ७७ हजार २७७ सङ्क्रमित निको भएर घर फर्केका छन् । 

पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ को कारणले मृत्यु हुनेको संख्या ६४५ पुगेको छ ।


Views: 159

Top