3rd December | 2020 | Thursday | 1:26:16 PM

उपत्यकामा पछिल्लो २४ घण्टामा २२८३ जना कोरोना संक्रमित

  POSTED ON : आश्विन २६, २०७७ (४:३६ PM)

उपत्यकामा पछिल्लो २४ घण्टामा २२८३ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार २ सय ८३ जना संक्रमित भेटिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ८ सय ८८, भक्तपुरमा १ सय १८ र ललितपुरमा २ सय ७७ जना नयाँ संक्रमित थपिएका छन् ।

यो सँगै काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या ३५ हजार ९ सय ८९ पुगेको छ । ललितपुरमा ४ हजार ९ सय २६ र भक्तपुरमा ३ हजार ५ सय ५२ जना पुगेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७  जना कोरोना संक्रमित पुष्टि भएका छन्। 


Views: 85