2nd December | 2020 | Wednesday | 12:11:00 PM

बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

  POSTED ON : आश्विन २७, २०७७ (१:०७ PM)

 बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकजना कोराना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका–३ का ७२ वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार बिहान ९ः४५ बजे मृत्यु भएको हो । ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि उनी असोज २ गते अस्पतालमा भर्ना भएका थिए । उनमा असोज २ गते  नै कोरोना पोजटिभ भएको रिपोर्ट आएको अस्पतालले जनाएको छ । उनलाई सघन कक्षमा राखेर उपचार थालिएको थियो ।  उनी उच्च रक्तचाप, मधुमेह र मुटुका रोगी समेत रहेको अूपतालले जानकारी दिएको छ  ।

Views: 70