2nd December | 2020 | Wednesday | 12:47:42 PM

काठमाडौं उपत्यकामा थप १ हजार ४०३ जनालाई कोरोना संक्रमण

हिमालय टाइम्स   POSTED ON : आश्विन २८, २०७७ (४:३६ PM)

काठमाडौं उपत्यकामा  थप १ हजार ४०३ जनालाई कोरोना संक्रमण

काठमाडौं ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४०३  जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२  जनालाई  कोरोना संक्रमण देखिएको छ। 

उपत्यकामा कोराना संक्रमितको संख्या ४१ हजार ७८९  पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।


Views: 80