2nd December | 2020 | Wednesday | 12:16:01 PM

देशभर थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण

मृतकको संख्या ६९४ पुग्यो

हिमालय टाइम्स   POSTED ON : आश्विन २९, २०७७ (४:२६ PM)

देशभर थप ३ हजार ७४९  जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७४९  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा १६ हजार ५९८ जनाको पिसिआर परीक्षण भएको छ ।

आज थपिएका संक्रमितसँगै कूल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ। 

पछिल्लो २४ घण्टामा ३ हजार ५६४ जना डिस्चार्ज भएका छन् ।

आजसम्म डिस्चार्ज हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ। 

आज देशभर ३६ हजार ५३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप १९ जना संक्रमितको मृत्यु भएको छ । 

यो सहित नेपालमा संक्रमितको मृत्यु संख्या ६९४ पुगेको छ।


Views: 107