2nd December | 2020 | Wednesday | 11:48:55 AM

काठमाडौं उपत्यकामा थप १९३५ जनामा कोरोना पुुष्टि

हिमालय टाइम्स   POSTED ON : आश्विन २९, २०७७ (४:३२ PM)

काठमाडौं उपत्यकामा  थप १९३५  जनामा कोरोना पुुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ९३५  जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंमा १ हजार ६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४  जनालाई  कोरोना संक्रमण देखिएको हो । 

देशभर विगत २४ घण्टामा ३ हजार ७४९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । 

योसँगै संक्रमितको कूल संख्या १ लाख २१ हजार ७४५ पुगेको छ। 

पछिल्लो २४ घण्टामा ३ हजार ५६४  जना डिस्चार्ज भएका छन्। 


Views: 89