2nd December | 2020 | Wednesday | 11:22:49 AM

लुम्बिनी प्रादेशिक अस्पतालमा एक संक्रमितको मृत्यु

हिमालय टाइम्स   POSTED ON : आश्विन ३०, २०७७ (९:४९ AM)

लुम्बिनी प्रादेशिक अस्पतालमा एक संक्रमितको मृत्यु

रुपन्देही । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक जना पुरुषको आज बिहान मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत विशेष अस्पतालमा तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिनुभयो । 

कोरोना सङ्क्रमण भएर असोज २१ देखि अस्पतालमा भर्ना भएर उपचारका क्रममा २५ गतेदेखि अस्पतालका सघन उपचार कक्षमा राखेर भेन्टिलेटरको सहायतामा उनको उपचार गरिएको थियो । उपचारका क्रममा उनको बिहान मृत्यु भएको डा थापाले बताउनुभयो । उक्त अस्पतालमा तीन जनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको डा थापाले जानकारी दिनुभयो । योसँगै आजसम्ममा कोरोना सङ्क्रमणबाट रुपन्देहीमा मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ ।


Views: 89