2nd December | 2020 | Wednesday | 12:42:33 PM

थप चार हजार ३९२ जनामा कोरोना संक्रमण, २१ जनाको कोरोनाका कारण मृत्यु

हिमालय टाइम्स   POSTED ON : आश्विन ३०, २०७७ (४:३२ PM)

थप चार हजार ३९२ जनामा कोरोना संक्रमण, २१ जनाको कोरोनाका कारण मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसका चार हजार ३९२ संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन् ।

पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमित एक लाख २६ हजार १३७ जना सङ्क्रमित पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्कका क्रममा पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

हाल ३७ हजार ३८२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । 

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ५२२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् 

। हालसम्म ८८ हजार ४० जना सङ्क्रमित निको भएर घर फर्केका छन् । निको हुने दर विगतको तुलनामा केही दिनदेखि कम हुँदै गइरहेको छ । 

पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ को कारणले मृत्यु हुनेको संख्या ७१५ पुगेको छ ।


Views: 73