2nd December | 2020 | Wednesday | 12:17:21 PM

काठमाडौं उपत्यकामा थप २४०२ जनामा कोरोना संक्रमण

हिमालय टाइम्स   POSTED ON : आश्विन ३०, २०७७ (४:३७ PM)

काठमाडौं उपत्यकामा थप २४०२ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा थप २४०२ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा दुई हजार ४०२ जना सङ्क्रमित थपिएका हुुन् ।

जसअनुसार काठमाडौंमा एक हजार ७८४, ललितपुरमा ३७४ र भक्तपुरमा २४४ मा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा देशैभरबाट तीन हजार ५२२ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । ८८ हजार ४० जना कोरोनामुक्त भएका छन् । सक्रिय सङ्क्रमित ३७ हजार ३८२ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा चार हजार ३९२ जनामा सङ्क्रमणको पुष्टि भएको छ । 


Views: 76