31st October | 2020 | Saturday | 9:47:47 PM

उपत्यकामा १७४६ सहित देशभर थप ३१६७ जनामा कोरोना संक्रमण

हिमालय टाइम्स   POSTED ON : कार्तिक १, २०७७ (४:२९ PM)

उपत्यकामा १७४६ सहित देशभर थप ३१६७ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा कोरोनाभाइरसका  ३१६७ जना सङ्क्रमित थपिएका छन् ।  काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा १७४६ जना संक्रमित थपिए ।  शनिबार काठमाडौंमा १ हजार ४ स ५१, ललितपुरमा १ सय ५२ र भक्तपुरमा १ सय ४३ जनालाई कोरोना संक्रमण देखिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १५ हजार ४३८ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्कमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ा पछिल्लो चौबीस घण्टामा १५ हजार ४३८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार १६७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

 थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख २९ हजार ३०४ पुगेको छ । हाल ३८ हजार ७३७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार आठ सय जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ८९ हजार ८४० सङ्क्रमित निको भएर घर फर्केका छन् ।


Views: 50