3rd December | 2020 | Thursday | 1:02:15 AM

काठमाडौं उपत्यकामा थप १६९८ जनामा कोरोना संक्रमण

  POSTED ON : कार्तिक २, २०७७ (४:३५ PM)

काठमाडौं उपत्यकामा थप १६९८ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६९८  जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जनालाई  कोरोना संक्रमण देखिएको छ । 

देशभर २ हजार ९४२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। 

२४ घण्टामा २ हजार ३२६  जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ९२ हजार १६६ पुगेको छ।  आज देशभर १२ संक्रमितको मृत्यु भएको छ।


Views: 51