2nd December | 2020 | Wednesday | 11:33:01 AM

अब कोरोनाको उपचार आफ्नै खर्चमा, सबै अस्पतालमा ५०% बेड संक्रमितका लागि अनिवार्य

हिमालय टाइम्स   POSTED ON : कार्तिक २, २०७७ (५:३४ PM)

अब कोरोनाको उपचार आफ्नै खर्चमा, सबै अस्पतालमा ५०% बेड संक्रमितका लागि अनिवार्य

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । त्यसैगरी सबै अस्पतालले  कोरोना भाइरस संक्रमितको उपचारका लागि ५० प्रतिशत बेड अनिवार्य रुपमा छुट्याउनुपर्ने छ ।

सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । ‘अन्य सबै व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताउनु भयो ।

त्यसैगरी अब सबै अस्पतालले  कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचारका लागि ५० प्रतिशत बेड अनिवार्य रुपमा छुट्याउनुपर्ने भएको छ । 

प्रवक्ता प्रा.डा. गौतमका अनुसार ५० प्रतिशत बेडमा आईसीयूसमेत हुनुपर्ने छ । 

सरकारले यसअघि गरेको निर्णय परिवर्तन गर्दै निजी, सहकारी, सामुदायिक, मेडिकल कलेज र सबै सरकारी अस्पताललाई कोरोनाको उपचारका लागि ५० प्रतिशत बेड अनिवार्य गर्न निर्देशन दिएको हो ।


Views: 124