3rd December | 2020 | Thursday | 12:14:59 AM

देशभर थप ३७९० जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

हिमालय टाइम्स   POSTED ON : कार्तिक ३, २०७७ (४:२९ PM)

देशभर थप ३७९० जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७९० जना कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ। 

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा डा. जागेश्वर गौतमले जानकारी दिनु भएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पिसिआर परीक्षण भएको छ ।

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ३३५ छ। योसँगै हालसम्म ९४ हजार ५०१ जना निको भएका छन्। 

आज देशभर ४० हजार ७७८ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ७५७ पुगेको छ।


Views: 100