2nd December | 2020 | Wednesday | 11:31:05 AM

काठमाडौं उपत्यकामा थप २३८८ जनामा कोरोना संक्रमण

हिमालय टाइम्स   POSTED ON : कार्तिक ३, २०७७ (४:३६ PM)

काठमाडौं उपत्यकामा थप २३८८ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका दुई हजार ३८८ जना सङ्क्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी दुई हजार आठ जना छन् ।

मन्त्रालयले उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा दुई हजार आठ, ललितपुरमा २८१ र भक्तपुरमा ९९ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । 

पछिल्लो चौबीस घण्टामा देशैभरि तीन हजार ७९० सङ्क्रमित थपिएका छन् । १५ हजार ७१४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हालसम्म १३ लाख ९१८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । जसमध्ये एक लाख ३६ हजार २३६ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

पछिल्लो चौबीस घण्टामा दुई हजार ३३५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ९४ हजार ५०१ जना सङ्क्रमित निको भएका छन् ।


Views: 104