3rd December | 2020 | Thursday | 12:19:35 AM

देशभर थप ३ हजार ९३ जना कोरोना संक्रमित

हिमालय टाइम्स   POSTED ON : कार्तिक ४, २०७७ (४:४२ PM)

देशभर थप ३ हजार ९३ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३ जना कोरोना संक्रमित भएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ जना पुगेको छ। 

पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पिसिआर परीक्षण भएको छ।

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार १०८ छ। योसँगै हालसम्म ९६ हजार ६०९ जना निको भएका छन्। 

आज देशभर ४१ हजार ७७५ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७६५ पुगेको छ।


Views: 59