27th November | 2020 | Friday | 6:13:18 AM

देशभर ५७४३ जना नयाँ संक्रमित थपिए, २६ जनाको मृत्यु

हिमालय टाइम्स   POSTED ON : कार्तिक ५, २०७७ (४:३४ PM)

देशभर ५७४३ जना नयाँ संक्रमित थपिए, २६ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५७४३ जनामा कोरोना संक्रमण भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ जना पुगेको छ। 

पछिल्लो २४ घण्टामा २० हजार ११८ जनाको पिसिआर परीक्षण भएको छ ।

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ९९६ छ। योसँगै हालसम्म ९९ हजार ६०५ जना निको भएर घर फर्किएका छन् ।

आज देशभर ४४ हजार ४७६ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ७९१ पुगेको छ ।


Views: 89