29th November | 2020 | Sunday | 4:29:55 PM

काठमाडौं उपत्यकामा थप ३१०७ जनामा कोरोना संक्रमण

हिमालय टाइम्स   POSTED ON : कार्तिक ५, २०७७ (४:४२ PM)

काठमाडौं उपत्यकामा थप ३१०७ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार १०७ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ३९१ , ललितपुरमा ५४३  र भक्तपुरमा १७३ जनालाई  कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७४३ जना संक्रमित भएका छन्। 

संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ। 

पछिल्लो २४ घण्टामा  संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ९९६ छ । 

योसँगै हालसम्म ९९ हजार ६०५ पुगेको छ।

आज देशभर ४४ हजार ४७६ जना सक्रिय संक्रमित छन्। 


Views: 63