29th November | 2020 | Sunday | 3:42:56 PM

उपत्यकामा १५५२ सहित देशभर थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टाइम्स   POSTED ON : कार्तिक ६, २०७७ (४:४१ PM)

उपत्यकामा १५५२ सहित देशभर थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा कोरोनाभाइरसका तीन हजार ६३७ जना सङ्क्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १५ हजार २५५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १५ हजार २५५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ६३७ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २ सय ८३, ललितपुरमा १ सय ५७ र भक्तपुरमा १११२ जनालाई  कोरोना संक्रमण देखिएको छ।

 थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ४८ हजार ५०९ पुगेको छ । हाल ४४ ह्जार ८७७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड-१९ को कारणले मृत्यु हुनेको संख्या ८१२ पुगेको छ ।


Views: 71