29th November | 2020 | Sunday | 4:33:22 PM

देशभर थप ४४९९ जनामा कोरोना पुष्टि

हिमालय टाइम्स   POSTED ON : कार्तिक ७, २०७७ (४:४२ PM)

देशभर थप ४४९९ जनामा कोरोना पुष्टि

काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४९९ जना कोरोना संक्रमित भएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ जना पुगेको छ। 

पछिल्लो २४ घण्टामा १६ हजार ८६३ जनाको पिसिआर परीक्षण भएको छ।

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ६६८ छ। योसँगै हालसम्म १ लाख ५ हजार ४८८ जना निको भएका छन्। 

आज देशभर ४६ हजार ६९१ जना सक्रिय संक्रमित छन्।

.पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ८२९ पुगेको छ ।


Views: 68