29th November | 2020 | Sunday | 4:05:40 PM

२४ घण्टामा १७ जनाको कोरोनाबाट मृत्यु, २६६८ जना डिस्चार्ज

हिमालय टाइम्स   POSTED ON : कार्तिक ७, २०७७ (४:४७ PM)

२४ घण्टामा १७ जनाको कोरोनाबाट मृत्यु, २६६८ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर  १७  जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८२९ पुगेको छ ।

स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर प्रयोगशालामा गरिएको परीक्षणमा ४ हजार ४९९ संक्रमित थपिएका हुन्।

योसँगै देशभर कूल संक्रमितको संख्या १ लाख ५३ हजार ८  पुगेको छ । 

आज देशभर ४६ हजार ६९१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

आज देशभर २ हजार ६६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म १ लाख ५ हजार ८८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।


Views: 82