29th November | 2020 | Sunday | 4:18:47 PM

काठमाडौं उपत्यकामा थप २७२० जनामा कोरोना संक्रमण

हिमालय टाइम्स   POSTED ON : कार्तिक ७, २०७७ (५:१० PM)

काठमाडौं उपत्यकामा थप २७२० जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ७२० जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३५७ , ललितपुरमा २३६ र भक्तपुरमा १२७ जनालाई  कोरोना संक्रमण देखिएको छ ।

योसँगै काठमाडौंमा संक्रमितको संख्या ५४ हजार २४५ पुगेको छ। जसमध्ये १८६ संक्रमितको मृत्यु भएको छ। काठमाडौंमा २० हजार १९६ संक्रमित निको भएका छन्।

त्यसैगरी, भक्तपुरमा हालसम्म ५ हजार ४८ संक्रमित पुगेका छन्। ५४ जनाका संक्रमितको मृत्यु भएको छ भने हालसम्म १ हजार ३६५ जना संक्रमित निको भएका छन्।

ललितपुरमा मा संक्रमितको संख्या ७ हजार ५६० पुगेको छ। ललितपुरमा हालसम्म ५३ संक्रमितको मृत्यु भएको छ भने  २ हजार ५७४ जना संक्रमित निको भएका छन्।

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४९९ जना संक्रमित भएका छन्। 


Views: 90