29th November | 2020 | Sunday | 4:04:33 PM

काठमाडौ उपत्यकामा १११० सहित देशभर थप २२२५ जनामा कोरोना संक्रमण

हिमालय टाइम्स   POSTED ON : कार्तिक ८, २०७७ (४:३७ PM)

काठमाडौ उपत्यकामा १११० सहित देशभर थप २२२५ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर थप २२२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा २२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २८४६ जना डिस्चार्ज भएका छन् ।

काठमाडौं जिल्लामा ८३२, ललितपुरमा १७६ र भक्तपुरमा १०२ गरी शनिबार काठमाडौं उपत्यकामा १११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


Views: 63