30th November | 2020 | Monday | 3:46:02 AM

पछिल्लो २४ घन्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु

  POSTED ON : कार्तिक ८, २०७७ (५:३१ PM)

पछिल्लो २४ घन्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौ । नेपालमा पछिल्लो २४ घन्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८ सय ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

गत २४ घण्टामा २ हजार २ सय २५ भेटिएसँगै संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ। कुल संक्रमितमध्ये ४६ हजार ५७ जना सक्रिय संक्रमित छन्। 

कोरोनाको आशंकामा गत २४ घण्टामा १३ हजार ८ सय ४६ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै पिसिआर परीक्षण हुनेको संख्या १३ लाख ८० हजार ८ सय ६२ पुगेको छ ।


Views: 70