29th November | 2020 | Sunday | 3:48:27 PM

पछिल्लो २४ घण्टामा २ हजार ८४६ जना संक्रमणमुक्त

हिमालय टाइम्स   POSTED ON : कार्तिक ८, २०७७ (६:४४ PM)

पछिल्लो २४ घण्टामा २ हजार ८४६ जना संक्रमणमुक्त

काठमाडौ । पछिल्लो  २४ घण्टामा नेपालमा थप २ हजार २२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

 संक्रमित मध्ये  महिला ७७९ र पुरुष १ हजार ४४६ जना रहेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको अद्यावधिक विवरणअनुसार पछिल्लो २४ घण्टामा २ हजार ८४६ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ । यस्तै देशभर कुल १ लाख ५५ हजार २३३ जनामा संक्रमण पुष्टि भएकोमा अब सक्रिय संक्रमित ४६ हजार ५७ जना रहेका छन् । 

Views: 69