29th November | 2020 | Sunday | 4:39:35 PM

देशभर थप २ हजार ८५६ जनामा कोरोना संक्रमण

हिमालय टाइम्स   POSTED ON : कार्तिक ९, २०७७ (४:१६ PM)

देशभर थप २ हजार ८५६ जनामा कोरोना संक्रमण

काठमाडौ । पछिल्लो  २४ घण्टामा देशभर २ हजार ८५६ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर कुल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ जना पुगेको छ। 

पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको पिसिआर परीक्षण भएको छ।

देशभर संक्रमणमुक्त हुनेको संख्या पछिल्लो २४ घण्टामा ३ हजार ३३६ छ। योसँगै हालसम्म १ लाख ८ हजार ३३४ जना निको भएका छन्। 

पछिल्लो २४ घण्टामा किरोनाबाट थप ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै मृतकको संख्या ८४७ पुगेको छ।

Views: 74