30th November | 2020 | Monday | 4:21:53 AM

काठमाडौं उपत्यकामा थप १ हजार ५३५ जनामा कोरोना पुष्टि

हिमालय टाइम्स   POSTED ON : कार्तिक ९, २०७७ (४:३२ PM)

काठमाडौं उपत्यकामा थप १ हजार ५३५ जनामा कोरोना पुष्टि

काठमाडौ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ५३५ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २२५, ललितपुरमा १४७ र भक्तपुरमा १६३ जनालाई  कोरोना पुष्टि भएको छ ।

योसँगै हालसम्म काठमाडौंमा ५६ हजार ३०२, ललितपुरमा ७ हजार ८८३ र भक्तपुरमा ५ हजार ३१३ जनालाई संक्रमण भएको छ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३३६ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ११ हजार ६७० पुगेको छ।

आज देशभर ४५ हजार ५७२ जना सक्रिय संक्रमित छन्। 

Views: 82