29th November | 2020 | Sunday | 4:03:31 PM

नेपालमा थप १९५४ जनामा कोरोना संक्रमण

हिमालय टाइम्स   POSTED ON : कार्तिक १२, २०७७ (४:४९ PM)

नेपालमा थप १९५४ जनामा कोरोना संक्रमण

काठमाडौ ।  पछिल्लो २४ घण्टामा १हजार ९ सय ५४  जनामा कोरोना संक्रमण देखिएको छ ।

 स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ‍६२ हजार ३५४ पुगेको छ।

३९ हजार ६४३ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ७ हजार ७०९ जना छन् भने क्वारेन्टाइनमा २ हजार ८८९ जना रहेका छन्। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८ हजार २४८ नमूनाको पीसीआर परीक्षण भएको छ। बुधबार २९ सय ८१ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख २१ हजार ८२४ पुगेको छ। 

आइसीयूमा २९० जनाको र ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ८८७ जनाको मृत्यु भएको छ। 

बुधबार मात्रै ११ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। 


Views: 79