29th November | 2020 | Sunday | 3:41:02 PM

काठमाडौं उपत्यकामा ८ सय ४३ कोरोना संक्रमित थपिए

हिमालय टाइम्स   POSTED ON : कार्तिक १२, २०७७ (४:५२ PM)

काठमाडौं उपत्यकामा ८ सय ४३ कोरोना संक्रमित थपिए

काठमाडौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ४३ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९६,  ललितपुरमा ११८ र भक्तपुरमा २९ जनालाई  कोरोना संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५४ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ९८१ जना संक्रमणमुक्त भएका छन्। 

Views: 77