6th December | 2020 | Sunday | 3:54:18 AM

देशभर आज ३५१७ जना कोरोना संक्रमित थपिए,४०९६ जना डिस्चार्ज

हिमालय टाइम्स   POSTED ON : कार्तिक १४, २०७७ (४:२६ PM)

देशभर आज ३५१७ जना कोरोना संक्रमित थपिए,४०९६ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय १७ जनामा कोरोनासंक्रमण भेटिएको छ । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ४ हजार ९६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख २८ हजार ९ सय ५८ पुगेको छ ।

पछिल्लो २४ घन्टामा १६ जना कोरोना संक्रमितको मुत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ।


Views: 93