6th December | 2020 | Sunday | 4:37:22 AM

देशभर थप १६७४ जनामा कोरोना संक्रमण

हिमालय टाइम्स   POSTED ON : मंसिर ६, २०७७ (४:१८ PM)

देशभर थप १६७४ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संक्रमितको संख्यासंगै देशभर २ लाख १८ हजार ६३९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 देशभरका प्रयोगशालामा ८ हजार १४४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । उनीहरुमध्ये १ लाख ९३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म कोरोनाका कारण १३०५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


Views: 54