3rd December | 2020 | Thursday | 3:04:40 AM

काठमाडौं उपत्यकामा थप ८९९ जनामा संक्रमण पुष्टि

हिमालय टाइम्स   POSTED ON : मंसिर ६, २०७७ (४:४५ PM)

काठमाडौं उपत्यकामा थप ८९९ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ९९ जना कोरोना संक्रमित थपिएका छन् । 

जस अनुसार काठमाडौंमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६४ संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकामा थपिएका ८ सय ९९ जना मध्ये ३८७ महिला र ५१२ पुरुष रहेका छन् ।

देशभर १६ सय ७४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ८ सय ९९ जना थपिएको छ ।

पछिल्लो २४ घन्टामा २३२३ जना कोरोना संक्रमण मुक्त भएको स्थास्थ्य मन्त्रालयले जनाएको छ । 

हालसम्म कोरोना निको भई घर फर्कनेको सख्या १ लाख ९३ हजार ३ सय २५ रहेको छ ।

 आज देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको छ । 


Views: 67