29th November | 2020 | Sunday | 3:28:10 PM

भक्तपुरमा एकैदिन तीन कोरोना संक्रमितको मृत्यु

हिमालय टाइम्स   POSTED ON : मंसिर ७, २०७७ (९:११ PM)

भक्तपुरमा एकैदिन तीन कोरोना संक्रमितको मृत्यु

भक्तपुर । भक्तपुरमा एकैदिन तीनजना कोरोना  संक्रमितको मृत्यु भएको छ।
मृतक मध्ये  दुई जना महिला र एकजना पुरुष गरी तीनजना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यससँगै भक्तपुरका कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या ९८ जना पुगेको छ।
कार्यालयका प्रमुख कृष्ण मिजारले संक्रमण भएर अस्पतालमा उपचार गराइरहेका तीनजनाको मृत्यु भएको बताउनु भयो ।
आज मृत्यु हुनेमा सूर्यविनायक नपाका २ महिला र भक्तपुर नपाका एक पुरुष रहेको उहाँले जानकारी दिनु भयो ।
स्वास्थ कार्यालयका अनुसार आइतबार ७४ जना नयाँ संक्रमित थपिएका छन्। 

Views: 53