काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ ।
यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा देशका विभिन्न ल्यावहरुबाट ९ हजार ३ सय ६८ जनाको पिसिआर परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घन्टामा देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अहिलेसम्म १ हजार ४ सय ५४ जना संक्रमितको मृत्यु भइसकेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर ५ सय १५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ ।
आज देशभर १८ हजार ८३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
Views: 80