16th January | 2021 | Saturday | 8:25:03 AM

काठमाडौं उपत्यकामा थपिए ६४५ जना कोरोना संक्रमित

हिमालय टाइम्स   POSTED ON : मंसिर १३, २०७७ (५:११ PM)

काठमाडौं उपत्यकामा थपिए ६४५ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । जस अनुसार २८५ महिला र ३६० पुरुष छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ४८५, ललितपुरमा १२४ र भक्तपुरमा ३६ जनालाई  कोरोना संक्रमण देखिएको छ ।

आज थपिएकासँगै उपत्यकामा हालसम्म एक लाख ७ हजार ७६९ जना व्यक्ति संक्रमित भएका छन् । 

काठमाडौमा हालसम्म ३४८ जना संक्रमितको मृत्यु भएको छ । संक्रमणमुक्त हुनेको संख्या ७८ हजार ४६९ पुगेको छ ।

त्यसैगरी  ललितपुरमा १०९ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ३५३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म भक्तपुरमा अहिलेसम्म ८९ जनाको मृत्यु भएको छ भने ७ हजार १०४ जना संक्रमणमुक्त भएका छन् ।


Views: 118