मोरङ । विराटनगरमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
नोबेल मेडिकल कलेज विराटनगरमा उपचाररत
मोरङको उर्लाबारी घर भएका कोरोना संक्रमित ५५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको हो ।
उर्लाबारी नगरपालिका–५ का ती पुरूषमा पेट दुख्ने, वान्ता हुने, छाती दुख्ने लगायतका समस्या देखिएपछि मंसिर ४ मा अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालका व्यवस्थापक नारायण दाहालका अनुसार ५ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आएपछि छुट्टै राखेर उपचारका क्रममा शनिबार राति ११ बजे मृत्यु भएको हो ।
Views: 101