25th February | 2021 | Thursday | 8:25:37 AM

वीर अस्पतालमा स्वास्थ्यकर्मीद्वारा तालाबन्दी

हिमालय टाइम्स   POSTED ON : मंसिर १४, २०७७ (४:१८ PM)

वीर अस्पतालमा स्वास्थ्यकर्मीद्वारा तालाबन्दी

काठमाडौ । वीर अस्पतालका आन्दोलित कर्मचारीले न्याम्सका पदाधिकारीको कार्यकक्षमा ताला लगाएका छन्। 

आफ्ना माग सम्बोधनका लागि कुनै पहल नगरेको भन्दै आन्दोलित कर्मचारीले न्याम्सका पदाधिकारीको कार्य कक्षमा ताला लगाएका हुन्। 

 माग पूरा नभएसम्म ताला नखोलिने नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताउनु भयो। 

नेपाल स्वास्थ्यकर्मी संघको आइतबार बसेको बैठकले पदाधिकारीको कक्षमा आजै तालाबन्दी गर्ने निर्णय गरेको अध्यक्ष आचार्यले बताउनु भयो । अस्पतालमा धर्नासहित, प्लेकार्ड प्रदर्शन गरेर पदाधिकारीविरुद्ध नाराबाजी गरे पनि कुनै सेवा भने अवरुद्ध नगरेको उहाँको भनाइ थियो ।  

४२ दिनयता दैनिक रुपमा अस्पताल परिसरमा स्वास्थ्यकर्मीले धर्नासहित नाराबाजी हुँदै आएको छ । यसअघि उनीहरुले मंसिर ४ देखि १२ गतेसम्म न्याम्सका पदाधिकारीलाई अस्पताल प्रवेशमा रोक लगाएका थिए।


Views: 92