16th January | 2021 | Saturday | 8:34:09 AM

कोरोनाका कारण थप २५ जनाको मृत्यु, थप १४०४ संक्रमणमुक्त

हिमालय टाइम्स   POSTED ON : मंसिर १४, २०७७ (४:२८ PM)

कोरोनाका कारण थप २५ जनाको मृत्यु, थप १४०४ संक्रमणमुक्त

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप  २५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४७९ पुगेको छ ।

 पछिल्लो २४ घण्टामा थप १४०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । उनीहरुको देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा थिए । 

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या हालसम्म २ लाख १२ हजार ५९० पुगेको छ ।


Views: 109