काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ५४८ जनामा कोरोना संक्रमण देखिएको छ।
आज थपिएको संक्रमितसँगै उपत्यकामा एक लाख ७ हजार ५९६ जना व्यक्ति संक्रमित भएका छन्।
आज काठमाडौंमा ४२२, ललितपुरमा ६१ र भक्तपुरमा ६५ जनालाई कोरोना संक्रमण देखिएको छ।
आज ८ हजार ८ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ४ सय ४ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ।
आज देशभर १७ हजार ९ सय ९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा देशभर २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ४ सय ७९ जना संक्रमितको मृत्यु भइसकेको छ।
Views: 113