25th February | 2021 | Thursday | 7:50:46 AM

जीवनको अमृत निद्रा र स्वास्थ्य

नमराज पाण्डे   POSTED ON : मंसिर १५, २०७७ (८:५५ AM)

जीवनको अमृत निद्रा र स्वास्थ्य

निद्रा मानवजीवनको एउटा मह-वपूर्ण जैविक प्रक्रिया हो । जसरी मानिसलाई खानाको मह-व छ त्यसैगरी स्वस्थ निद्राको पनि उत्तिकै खाँचो छ । आजको व्यस्त दिनचर्या र मानसिक खिचातानीमा निद्रा चेपुवामा परेको छ जसले गर्दा दिनप्रतिदिन मानसिक रोग र निद्रासँग सम्बन्धित समस्या बढिरहेका छन् । आयुर्वेद शास्त्रमा त्रिउपस्तम्भ अन्तर्गत आहारपछि निद्राको वर्णन गरिएको छ ।
जब मानिस शारीरिक र मानसिक कर्महरूबाट थाक्दछ त्यतिबेला उसलाई विश्राम दिई पुनः शक्ति सञ्चित गर्न निद्रा एउटा अवसर हो । निद्रा उत्पन्न गराउनुु विष्णुको लीला हो भनी उल्लेख गरिएको पनि पाइन्छ, त्यसको गहन अर्थ छ जसरी विष्णु भगवानले सम्पूर्ण जगतको पालनपोषण गर्नुहुन्छ त्यसैगरी निद्राले शरीर पोषण र संरक्षणको कार्य गर्दछ । निद्राकोे अवस्थामा सबै शारीरिक कार्यहरू रोकिन्छन् त्यसैले यसलाई पाप्मा पनि भनिएको छ ।
आयुर्वेद ग्रन्थ चरक संहितामा निद्राको बारेमा यसरी व्याख्या गरिएको छ :
यदा तु मनसि क्लान्ते कर्मात्मानः क्लनान्विताः ।
विषयेभ्यो निवर्तन्ते तद्रा स्वपिति मानवः ।।
अर्थात् जब मन र इन्द्रिय कर्महरूबाट थाक्दछन् र थाकेको कारण विषयहरूबाट निवृत्त हुन्छन् तब निद्राको उत्पत्ति भई मानिसमा निद्रा आउँछ ।
जब इन्द्रियहरू विषयबाट निवृत्त हुन्छन् तर त्यतिबेला मन भने निवृत्त भएको हुँदैन त्यस्तो अवस्थामा राम्रो वा नराम्रो सपना देखिन्छ त्यसलाई तन्द्रा भनिन्छ । यसको बारेमा अष्टांग संग्रहमा बताइएको छ । जुन दारुण र मोह कारक हुन्छ । यस्तो तन्द्रामा नेत्र खुला र तल झुुकेको हुन्छ । यता उता घुमिरहने हुन्छ, नेत्र श्राव हुन्छ, परेला फर्फराउने हुन्छ, साढे तीन रातमा यस्तो तन्द्रा ठीक हुन्छ यदि भएन भने यस्तो तन्द्राले रोगको रूप लिन्छ ।
निद्राको महŒव र समयमा निद्रा नपर्दा हुने समस्या ः
शरीर धारणका लागि जसरी नियमपूर्वक अन्नको सेवन लाभकारी एवं आरोग्य कारक हुन्छ त्यसैगरी निद्राको उत्तम सेवनले सुख एवं स्वस्थता प्रदान गर्दछ । शरीर दुब्लो वा मोटो हुनुमा पनि आहार र निद्राको महŒवपूर्ण भूमिका रहन्छ भनेर चरक संहितामा बताइएको छ ।
देहवृत्तौ यथाऽऽहारस्तथा स्वप्नः सुखो मतः ।
स्वप्नाहारसमुत्थे च स्थौल्यकाश्र्य विशेषतः ।।
कहिलेकाहीँ निद्रा नपर्नु सामान्य कुरा हो तर लामो समयसम्म राम्रोसँग निद नआउँदा स्वास्थ्यसम्बन्धी गम्भीर असर पर्छ । उचित समयमा नसुत्नाले वा निद्राको गडबडीले गर्दा टाउको भारी हुने, टाउको दुख्ने, शरीर चिसो हुने, शरीरमा भारीपन, ज्वर, भ्रम, मतिभ्रंश, खानामा अरुचि हुने, वाकवाकी हुने, पेटसम्बन्धी समस्या, मुटुमा लेप लागे जसरी भारी लाग्नु, शरीर सुन्निनु, पिनास, रुघाखोकी, अर्धशिरमा पीडा, छालामा डाबरहरू, खटिरा, छाला चिलाउनु, तन्द्रा, खोकी लाग्नु, घाँटीको रोग, स्मृतिनाश (सम्झना शक्ति कम हुनु), बुद्धि जडता, इन्द्रिय निर्बलता आदि समस्याहरू हुने गर्दछन् ।
निद्रा नपर्दा के गर्न सकिन्छ ?
के कारणले निद्रा परिरहेको छैन विचार गर्ने र त्यसलाई त्याग गर्नु पहिलो उपाय हो ।
बिहान समयमा उठ्ने शरीर मालिस गर्ने । मनतातो र चिसो (चिसोमा र गर्मीमा) नुहाउने ।
कम्तीमा एक आधा घण्टा ब्यायाम, प्राणायाम गर्ने ।
भोक लागेपछि खाना खाने ।
धेरै चिया कफी सेवन नगर्ने ।
काममा व्यस्त रहने ।
बेलुकीको खाना साढे सात बजेभित्र खाइसक्ने ।
आफूलाई मनपर्ने गीत, भजन सुन्ने, मनलाई आनन्दित तुल्याउने विभिन्न ध्वनि (युट्युबमा उपलब्ध हुन्छन्) सुन्दै कम्तीमा ९ बजेभित्रै सुत्ने ।
आयुर्वेद चरक संहितामा निद्रा नआउँदा यसो गर्नु भनी उल्लेख गरिएको छ ः
अभ्यंगोत्सादनं स्नानं ग्राम्यनुपौदका रसाः ।
शाल्यन्नं सदधि क्षीरं स्नेहो मद्यंमनःसुखम् ।।
मनसोऽनुुगुणा गन्धाः शब्दाः संवाहनानि च ।
चक्षुषोस्तर्पणं लेपः शिरसो वदनस्य च ।।
स्वस्तीर्णं शयनं वेश्म सुखं कालस्तथोचितः ।
आनयस्त्यचिरान्निद्रां प्रनष्टा या निमित्ततः ।।
अर्थात्, अभ्यंग, उत्सादन, स्नान, पशुपक्षीको मासुको रस, धानको भात र दही, दूघ, घृत, मद्यको सेवन, जे कुराले मनलाई आनन्द प्रदान गर्दछ त्यस्तो गन्ध, शब्दको श्रवण, संवाहन, नेत्रतर्पण, शिर र मुखमा शीतल द्रव्यको लेप, सुन्दर, स्वच्छ, मनोनुकूल खाटमा सुत्नु, सुन्दर घर–बगैँचा, आफू अभ्यस्त भएको र अनुकूल समयमा सुत्नु ।
यदि यसो गर्दा पनि निद्रा नपरेमा नजिकको चिकित्सकसँग सल्लाह लिनुपर्छ ।
आयुर्वेदमा उचित निद्रा लगाउन प्रयोग हुने प्रशस्त औषधिहरू छन् । तिनीहरूको सही मात्रामा प्रयोग गर्नाले लामो समयसम्म प्रयोग गर्दा पनि शरीरलाई अन्य हानी पु¥याउने हुँदैनन् र बानी पार्ने हँुदैनन् ।
दिनमा सुत्ने विधान :
गायन, अध्ययन, मद्यपान, स्त्रीसेवन, शक्तिभन्दा अधिक परिश्रम गर्ने, भारबहन, धेरै हिँड्ने, दुब्लो र क्षीण भइसकेका व्यक्ति, अजीर्ण रोगी, क्षत, क्षीण शरीरवाला, वृद्ध, बालक, स्त्री, तृष्णा, पखाला लागेका रोगी, दुखाइको रोगले ग्रस्त व्यक्तिहरू सबै ऋतुहरूमा दिउँसो सुत्नु उचित हुन्छ ।
श्वास रोगी, हिक्का रोगी, दुब्लो, लडेर चोटपटक लागेका रोगी, पागल, सवारी चलाउने, रात्रिजागरण गर्ने, क्रोध, शोक र भयबाट पीडित, थाकेका र जसको दिउँसो सुत्ने बानी छ त्यस्ता व्यक्ति दिनमा सुत्न सक्छन् । यीबाहेकका व्यक्ति दिउँसो सुत्नु हँुदैन ।
दिनमा सुत्नाले हुने फाइदा :
अर्थात् दिनमा सुत्नयोग्य व्यक्तिहरू दिनमा सुत्नाले धातु समता हुन्छ, बल वृद्धि हुन्छ, अंगमा पुष्टि हुनुका साथै आयुको वृद्धि हुन्छ र रोगबाट छिट्टै आरोग्यता प्रप्ति हुन्छ ।
दिनमा सुत्नु हुँदैन ?
सामान्यतया स्वस्थ व्यक्ति दिनमा सुत्नु हुँदैन तर आयुर्वेद शास्त्रमा गृष्म ऋतुमा (जेठ असार) दिनमा सुत्न मिल्ने कुराको वर्णन गरिएको छ । यो ऋतु आदानकालमा हुनाले रुक्ष (खस्रो ) शरीरवाला व्यक्तिमा वायुको वृद्धि हुनाले साथै रात छोटो हुनाले दिनमा शयन गर्नु उत्तम हुन्छ ।
अर्थात्, यी दुई महिना दिनमा सुत्न सकिन्छ, अन्य ऋतुमा दिनमा सुत्न निषेध गरिएको छ । गृष्म ऋतु छोडेर अन्य ऋतुमा दिनमा सुत्नाले कफ र पित्तको प्रकोप हुन्छ त्यसैले गृष्मबाहेक अन्य ऋतुमा दिनमा सुत्नु हुँदैन । धेरै मोटो, दैनिक स्नेहपान (घ्यू तथा चिल्लो प्रशस्त खाने) गर्ने, कफ प्रकृतिवाला (सामान्यतया मोटो व्यक्ति) पुुरुष, कफरोगी तथा दुषिविषले पीडित मानिस कुनै पनि ऋतुमा दिनमा सुत्नु हुुँदैन । आचार्य वाग्भटले कण्ठरोगी, विषपीडित, दिनमा सुत्ने र रातमा नसुत्ने भनी उल्लेख गर्नु भएको छ ।
समयमा नसुत्नाले के हुन्छ ?
अकालेऽतिप्रसंगाच्च न च निद्रा निषेविता ।
सुखायुषी पराकुर्यात् कालरात्रिरिवापरा ।। अ.सं.सूू ९
अर्थात्, असमयमा निद्रा सेवन गर्दा वा अधिक निद्राको सेवन गर्दा वा निद्राको सेवन नगर्नु कालरात्रिसमान हुन्छ अर्थात् आरोग्य र आयुको ह्रास हुन्छ ।
निद्रा परा र अपरा गरी दुई प्रकारका हुन्छन् । उचित स्थान, समयमा यथाविधि निद्रा सेवन गर्नाले शरीरमा आरोग्य र पूर्ण आयुको प्राप्त हुन्छ । जसरी योगी पुरुषलाई सत्याबुद्धि आउनाले सिद्धिको प्राप्ति हुन्छ ।
सन्दर्भ ग्रन्थ :
१ अष्टंग संग्र्रह
२ चरक संहिता
(पाण्डे पतञ्जलि आयुर्वेद मेडिकल कलेज धुलिखेलमा अध्ययनरत हुनुहुन्छ ।)


Views: 112