25th February | 2021 | Thursday | 7:38:34 AM

देशभर थप १४७४ जनामा कोरोना संक्रमण, २९ जनाको मृत्यु

हिमालय टाइम्स   POSTED ON : मंसिर १५, २०७७ (४:४६ PM)

देशभर थप १४७४ जनामा कोरोना संक्रमण, २९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज थपिएका सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घन्टामा देशभर २९ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

योसहित देशभर १ हजार ५ सय ८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

आज देशभर १ हजार ९ सय ३१ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १४ हजार ५ सय २१ पुगेको छ।

आज देशभर १७ हजार ४ सय २३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।


Views: 92