काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९३१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख १४ हजार ५२१ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख १२ हजार ५९० रहेको थियो ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ ।
आज थपिएका सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १५०८ पुगेको छ ।
Views: 96