काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ जनामा कोरोना संक्रमण भेटिएको छ । योसँगै उपत्यकामा एक लाख ९ हजार १२६ जना व्यक्ति संक्रमित भइसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६१५, ललितपुरमा १२५ र भक्तपुरमा ६९ जनालाई कोरोना संक्रमण देखिएको छ ।
त्यसैगरी विगत २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १६ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा काठमाडौंमा १३, ललितपुर २ र भक्तपुरमा १ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १५०८ पुगेको छ ।
Views: 113