8th March | 2021 | Monday | 6:29:19 AM

गोठाटारमा कांग्रेसको रक्तदान

  POSTED ON : मंसिर १६, २०७७ (८:५७ AM)

गोठाटारमा कांग्रेसको रक्तदान

काठमाडौं । ‘रक्तदान जीवनदान’ भन्ने मूल नारासहित कांग्रेस खेलकुद विभागले काठमाडौँको गोठाटारमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । 

देशमा भइरहेको रगत अभावलाई मध्यनजर गरी विभागले रक्तदान कार्यक्रम आयोजना गरेको नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका प्रमुख मोहन बहादुर बस्नेतले जानकारी दिनुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले पार्टीले वर्तमान परिस्थितिको आवश्यकतालाई मनन गरी दिएकोे सल्लाहबमोजिम विभागले रक्तदान कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । उक्त रक्तदान कार्यक्रममा ८४ जनाले रक्तदान गरेका छन् । खेलकुद विभागका सदस्य उद्घव खड्काको संयोजकत्वमा कांग्रेसले रक्तदान गरेको जनाएको छ । 

विभागले हालसम्म सम्पन्न भएका रक्तदान कार्यक्रमका सम्पूर्ण रक्तदाता र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्णमा कृतज्ञता व्यक्त गरेको छ । त्यस्तै रक्तदान कार्यक्रमहरू देशका विभिन्न जिल्लाहरूमा स्वास्थ्य मापदण्डसहित चल्ने भएकाले सहयोग गर्न पनि पनि अपिल गरेको छ ।


Views: 78