25th February | 2021 | Thursday | 7:24:07 AM

देशभर थप १३०४ जनामा कोरोना संक्रमण, थप २१ जनाको मृत्यु

हिमालय टाइम्स   POSTED ON : मंसिर १६, २०७७ (४:२० PM)

देशभर थप १३०४ जनामा कोरोना संक्रमण, थप २१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १३०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । 

देशभरका प्रयोगशालामा ८ हजार ५८३ नमुना परीक्षण गर्दा ५०१ महिला र ८०३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ । 

संक्रमितमध्ये २ लाख १६ हजार ५९४ जना संक्रमणमुक्त भएका छन् । 

देशभर १६ हजार ६३३ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ९९८ होम आइसोलेसनमा छन् भने ३७० जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घन्टामा देशभर २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म १५२९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


Views: 93