16th January | 2021 | Saturday | 8:43:05 AM

काठमाडौं उपत्यकामा थप ५३० जनामा कोरोना पुष्टि, १५ जनाको मृत्यु

हिमालय टाइम्स   POSTED ON : मंसिर १६, २०७७ (४:४५ PM)

काठमाडौं उपत्यकामा थप ५३० जनामा कोरोना पुष्टि, १५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५३० जना कोरोना संक्रमित थपिएका छन् । 

जस मध्ये २४० महिला र २९० पुरुष छन् । योसँगै उपत्यकामा एक लाख ९ हजार ६५६ जना व्यक्ति संक्रमित भएका छन्।

जस अनुसार  काठमाडौंमा ४०९ , ललितपुरमा ८५ र भक्तपुरमा ३६ जनालाई  कोरोना संक्रमण देखिएको छ। 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १५ संक्रमितको मृत्यु भएको छ । जस अनुसार काठमाडौंमा ११, ललितपुर २ र भक्तपुरमा २ जना गरी १५ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

देशभर पछिल्लो २४ घण्टामा २१ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


Views: 71