काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ७३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै नेपालमा २ लाख १६ हजार ५ सय ९४ जना संक्रमित उपचारपछि निको भएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर थप १३०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
देशभरका प्रयोगशालामा ८ हजार ५८३ नमुना परीक्षण गर्दा ५०१ महिला र ८०३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २१ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Views: 106